२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

८५ करोड खर्चेर तयार भैंसेपाटीको प्रदेश प्रमुख र मुख्यमन्त्री आवास प्रधानमन्त्रीद्वारा हस्तान्तरण

काठमाडौं । काठमाडौं उपत्यकामा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवासगृह तयार भएको छ । ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनाइएको आवास गृह आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गर्नुभयो । प्रत्येक प्रदेशका लागि एउटा भवन रहेको छ र त्यसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लक रहेको छ । भवन हस्तान्तरण गर्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश र संघीय सरकारको सम्बन्ध अब झन् मजबुत हुने बताउनुभयो ।

सरकारी आवास तयार भएपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा यिनै भवनमा बस्न पाउनुहुनेछ । आयोजना प्रमुख मचाकाजी महर्जनका अनुसार करिब ८५ करोड रुपैयाँ लागतमा यी भवन तयार भएका हुन् । यी भवनमा मुख्यमन्त्री र प्रदेश प्रमुख आफ्नो सम्पर्क कार्यालय समेत राख्न सक्नेछन् । हाल प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा बस्ने गरी सरकारले अपार्टमेन्टमा भाडामा लिएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस