२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीपविरुद्धको मुद्दामा भोलि पेशी आज गौशाला २६ अस्पताल भर्ना

काठमाडौं । चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि मुद्दा हालेकी गौशाला २६ अस्पताल भर्ना हुनुभएको छ । औषधिको ओभरडोज सेवन गरेपछि आज उहाँलाई नर्भिक अस्पताल भर्ना गरिएको हो ।

अहिले उहाँ खतरामुक्त रहेको प्रहरी स्रोतले बतायो । गौशाला २६ ले सामाजिक सञ्जालमा अस्पतालभित्रको तस्बिर पोस्ट गर्दै ‘बाँच्नभन्दा मर्न गाह्रो’ भनेर लेख्नुभएको छ । सन्दीपविरुद्धको मुद्दामा भोलि पेशी तोकिएको छ । उहाँ आज अस्पताल भर्ना हुनुभयो । पेशीको अघिल्लो दिन गौशाला २६ अस्पताल भर्ना हुनुभएको हो । आज बिहान उहाँले आफू डिप्रेसन र एन्जाइटीबाट पीडित रहेको र एक वर्षदेखि औषधि सेवन गरिरहेको सामाजिक सञ्जालमा बताउनुभएको छ । आफ्नो शरीर अब धेरै पीडा खप्न सक्ने अवस्थामा नरहेको समेत उहाँले लेखेख्नुभएको छ ।

 

 

 

प्रकाशित मिति : २०८० भाद्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस