२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्रीले नै जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेका छन् : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । शनिबार विराटनगरमा नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा उहाँले धार्मिक सद्भाव लडखडाइरहेको अवस्थामा प्रधानमन्त्रीले नै द्वन्द्व निम्त्याउने खालको अभिव्यक्ति दिएको आरोप लगाउनुभएको हो ।

‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्त्याउने प्रयास प्रधानमन्त्रीले गरिसक्नुभएको छ । परिस्थिति धार्मिक खासियत लडखडाएको छ’ उहाँले भन्नुभयो, ‘आदिवासी दिवसका अवसरमा प्रधानमन्त्रीजस्तो व्यक्तिले माओवादीले बहुमत ल्याए जातीय पहिचानका आधारमा प्रदेशको नाम राख्ने भन्नुभएको छ । उहाँले जातीय द्वन्द्व बढाउने काम गरिरहनु भएको छ ।’ नेता कोइरालाले सुनसरीको धरानमा भएको घटनाले मुलुकभर असर गर्ने बताउनुभयो । ‘मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न सकिँदैन’, उहाँले भन्नुभयो, ‘संविधानमा लेखिएका कुरा बाहिर कदापी स्वीकार्य हुँदैन । कुनै पनि प्रकारको सद्भाव खलबल्याउने कार्य कहिंकतैबाट हुनुहुँदैन ।’

कोइरालाले मुलुक अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको पनि बताउनुभयो । ‘यहाँ देखिएको सुन तस्करीले विश्वलाई केन्द्रित गराएको छ । सुनकाण्डमा भारत र चीन देखिएका छन् । तर अरू मुलुकले समेत चलखेल गर्दै आएका छन्’ उहाँले भन्नुभयो ।

 

प्रकाशित मिति : २०८० भाद्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस