२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिरहामा हुने भनिएको एमाले सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक स्थगित भएको छ । भोलि सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा बस्ने भनिएको बैठक स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

निरन्तर वर्षासँगै बाढीपहिरो आइरहेकाले जान नसकिने भएकाले बैठक स्थगित गरेको उहाँले बताउनुभयो । अर्को बैठकको मिति चाँडै तय गर्ने उहाँले जानकारी दिनुभयो । मदन भण्डारीलाई नेतृत्वमा स्थापित गरेर माओ विचारधारा विस्थापन गरेको ऐतिहासिक स्थलमा एमालेको सचिवालय बैठक बस्ने तयारी थियो । २०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो ।

 

प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस