२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी रिट न्यायाधीश खतिवडाको इजलासमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मतविरुद्धको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ । पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले बुधबार उद्दव थापालाई पदबाट बर्खास्त गरेर आफूलाई मुख्यमन्त्री बनाउन आदेश जारी गर्नुपर्ने मागसहित रिट निवेदन दर्ता गराउनुभएको थियो ।

सभामुख सरहको हैसियत हुने सभाका अध्यक्षले मत बराबर रहेको अवस्थामा मात्रै कुनै प्रस्तावमा मत व्यक्त गर्नुपर्नेमा त्यो अवस्था नभई मत व्यक्त गर्ने काम असंवैधानिक भएको दाबी कार्कीको छ । न्यायाधीश खतिवडाको इजलासले कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाई गरी अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे आदेश दिनेछ ।

 

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस