काठमाडौं । अपि पावर कम्पनीको हकप्रदमा ४२ करोड ६४ लाख ४९ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात भदौ ७ गते बिहान १०ः०७ बजेसम्म ६७ हजार २०६ जनाले ४२ लाख ६४ हजार ४९० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले साउन ३१ गते देखि कम्पनीले ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ः०.४ प्रतिशत अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेको हो । १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।
लगानीकर्ताले हकप्रद निष्कासनका लागि असार २२ गते बुक क्लोज गरी सकेको हुदाँ असार २१ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । हकप्रदमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपी पावरको कार्यालय थापाथली तथा मुक्तिनाथ बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।