२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दीपाश्रीको जन्मदिनका दिन दीपकराज गिरी भन्छन्, दीपाको विहे होस् भन्ने पहिले लाग्थ्यो अहिले लाग्दैन

काठमाडौं । आज ‘छक्का पञ्जा’ फेम्ड निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको जन्मदिन । उनी ५० बर्ष पुग्न मात्र २ बर्ष बाँकी रह्यो । बिहानदेखि रातिसम्म उनलाई शुभकामना ग्रहण गर्दै फुर्सद छैन ।

दिपका अनस्क्रिन जोडी अभिनेता दिपकराज गिरीले भने उनलाई अलि विशेष किसिमको शुभकामना दिए । उनले सामाजिक सञ्जालमा काव्यात्मक शैलीमा दीपाप्रति आफ्ना भावहरु पोखेका छन् । तीन दशकअघि पहिलो पटक भेट्दाखेरिको क्षण स्मरण गर्दै दिपकले आफ्नो स्टाट्समा दीपाको प्रशंसासँगै उनको कमीकमजोरी पनि औल्याएका छन् ।

दीपक र दीपा महजोडीजस्तै एक–अर्कासँग नछुट्ने नाम हुन् । कतिपयले उनीहरुलाई रियल कपलका रुपमा समेत लिने गर्छन् । तर दिपक विवाहित हुन् भने दीपा अविवाहित । विवाह गर्ने उमेर नाघेर पनि दीपाले कुमारी रहनुमा दिपकमाथि प्रश्न उठ्ने गरेको छ । तर, जे भए पनि यी दुईको जोडी उदाहरणीय छ । एकअर्कालाई दुवैले निरन्तर साथ दिएका छन् । भन्नैपर्दा, एकअर्काबिना अधुरा छन् उनीहरु ।

आज एक अनलाइनले तपाईंकै कारण दीपाले बिहे नगरेको हो भन्ने भन्छन् नि कतिपयले ? भन्ने प्रश्न सोधेको छ । त्यस प्रश्नमा दिपक भन्छन् । केही भएन, भन्न पाइन्छ । हाम्रो समाज पुरुषप्रधान समाज हो । अहिले उहाँ र म पुरुष–पुरुष भएको भए हामीले कोठाभित्र जेसुकै गरेपनि शंका हुँदैन थियो । तर हामी विपरितलिंगी भयौं । जसका कारण यहाँ केही नभएता पनि हजारौं दोषहरु लाग्छन् । उहाँको ठाउँमा अहिले कोही पुरुष भएको भए र उहाँले जसरी नै म विवाह गर्दिन भनेको भए त्यो पुरुषलाई महान व्यक्तिको लिस्टमा राखिसकिन्थ्यो ।

एउटा महिलाले म विवाह नगरी काम मात्र गर्छु भन्दा चाहीँ विभिन्न आक्षेप लगाउँछन् । मेरो कारणले उहाँले किन विवाह नगर्ने हो र ? आफ्नो जिन्दगीको फैसला व्यक्ति स्वयम् आफैंले लिने हो । आफ्नो जिन्दगीको मालिक हामी आफैं हौं । मैले विवाह गर वा नगर भन्दैमा उहाँले त्यो निर्णय पछ्याउने हैन । त्यो नितान्त उहाँको फैसला हो । ठीकै छ । सफलतातर्फ लम्किदै गर्दा नामसँगसँगै बदनामी पनि आउँछ भन्छन् । अब मलाई नै आरोप लगाउनुहुन्छ भने त म के नै भन्न सक्छु र । मान्छेहरु यहाँ गर्दै नगरेको कुरालाई लिएर त हजारवटा आक्षेप लगाउँछन् । म त बानी परिसकेँ ।

(तपाईंलाई चाहीँ उहाँको विवाह भएको अथवा उहाँको घरजम बसेको हेर्न मन छ या छैन ? भनेर सोधेको प्रश्नमा दिपक भन्छन् मलाई उहाँको विवाह होस र उहाँको घरजम बसोस् भन्ने आजभन्दा १०, १५ वर्ष अगाडिदेखि नै लाग्थ्यो । मैले उहाँलाई धेरैपटक भनेँ पनि । तर अहिले चाहिँ मलाई उहाँको विवाह होस् जस्तो लाग्दैन ।

किनभने उहाँ सधैँ म कामको लागि जन्मेको हो र मसँग गृहणी भएर बस्ने गुण नै छैन भन्नुहुन्छ । उहाँलाई आफु पारिवारिकभन्दा पनि व्यवसायीक गुण भएको प्राणी जस्तो लाग्छ । विवाह भनेको मनबाट गर्ने हो, कसैको जबरजस्तिले गर्ने हैन । अहिले त मलाई उहाँ जे गर्नुहुन्छ त्यसमा नै खुशी हुनुहोस् जस्तो लाग्छ । त्यही पनि उहाँलाई विवाह गर्नु भन्ने म को नै हो र ।

 

 

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस