२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नु किन ठूलो कुरा हो ? के भारत अब धर्तीकै अधिपति बन्दैछ ?

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का वैज्ञानिकहरूले चन्द्रयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेर अन्तर्राष्ट्रिय विज्ञान जगतमा ऐतिहासिक उपलब्धि मात्र हासिल गरेका छैनन्, दक्षिणी ध्रुवमा जान चाहने विश्वका एजेन्सीहरूलाई पनि परास्त गरेका छन् । यो ठूलो सफलता हो किनभने यसमार्फत चन्द्रमाको सबैभन्दा बहुमूल्य स्रोतहरूमा पुग्न सकिन्छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा संसारभरका अन्तरिक्ष वैज्ञानिकहरू केको लागि प्रतिस्पर्धा गरिरहेका छन्न ? सबैभन्दा ठूलो कुरा त्यहाँ पानीको उपस्थितिको सम्भावना हो । त्यो पानीका लागि युरोप, रुस र अमेरिकाका अन्तरिक्ष एजेन्सीमात्र नभई निजी कम्पनीहरू पनि चन्द्रमामा पुग्न चाहन्छन् किनभने त्यहाँ उपनिवेश बनाउने सम्भावना छ र आगामी दिनमा यो चन्द्रमा जाने महत्वपूर्ण आधार पनि बन्न सक्छ । र आगामी दिनमा मंगल ग्रहमा जानका लागि पनि यो ठाउँ एक महत्वपूर्ण स्थाल बन्न सक्छ ।

दक्षिणी ध्रुवमा खास के छ ?

दक्षिणी ध्रुवमा अवतरण गर्न धेरै गाह्रो छ किनभने त्यहाँको सतह ठूलो खाडल र धेरै खाडलहरूले भरिएको छ । जसका कारण त्यहाँ अवतरण गर्न निकै कठिन र चुनौतीपूर्ण छ । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा गाडी अवतरण गर्न सफल हुने पहिलो देश हो । यसअघि पनि धेरै अभियान असफल भइसकेका छन् । हालै रुसले यस उद्देश्यका लागि आफ्नो लुना–२५ गाडी पठाएको थियो तर त्यो असफल भएको थियो । अमेरिकाको अपोलो मिसन पनि त्यसो गर्न असफल भएको थियो । सन् २०१९ मा भारतको चन्द्रयान पनि त्यहाँ अवतरण गर्न असफल भएको थियो । अहिले पनि चीन र अमेरिकाले आफ्ना मिसनलाई दक्षिण ध्रुवमा अवतरण गर्ने प्रयास गरिरहेका छन् । तर, भारतले यस मामिलामा सबैलाई पछाडि पारेको छ । – अनुवाद गरिएको

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस