२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

के हो गायिका समीक्षा अधिकारीको अस्ट्रेलिया प्रकरण ?

काठमाडौं । अस्ट्रेलिया सरकारले गायिका समीक्षा अधिकारीको भिसा रद्द गर्दिएर ब्ल्याक लिस्टमा राखेको सूचना अस्ट्रेलियाबाट प्रकाशित / प्रसारित सञ्चार माध्यमहरुबाट खबर आएपछि जनबोली न्यूज टिमले अष्ट्रेलिया सरकारको डिपार्टमेन्ट होम अफेयर्सको वेबसाइटमा भेभो चेक गर्दा समीक्षाको यसअघि लागेको एक वर्षको भिसा देखिएन ।

यसको अर्थ उनको भिसा रद्द भएको पुष्टि हुन्छ। अस्ट्रेलिया भिसामा समस्या आएको (रद्द भएको) र त्यस विषयमा प्रक्रिया जारी रहेको उनी स्वयंमले स्वीकार गरेकी छन्। यसअघि अस्ट्रेलिया जाँदा केयर टेकरको रुपमा दिदि लिएर गएको र दिदि अहिलेसम्म नेपाल नफर्किएको नेपालको अध्यागमन विभागलेपनि पुष्टि गरेको छ । स्रोतबाट प्राप्त केही सूचना जसलाई यसअघिको समाचारमा समावेश गरिएको थियो । त्यसलाई भने अहिले तत्काल पुष्टि गर्न नसकिएकाले हटाइएको छ । यसबाट पर्न गएको असरप्रति जनबोली न्यूज नेटवर्क क्षमाप्रार्थी छ ।

 

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस