२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

खराब मौसमले गृह जिल्ला जान सकिएन, बुवाको अन्तिम संस्कार पशुपतिमा ठिक २ बजे – मन्त्री किराँती

काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको छ । उहाँको आज दिउँसो ३ बजे पशुपतिनाथ मन्दिर स्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार हुनेछ ।

मन्त्री किराँतीले लेख्नुभएको छ, खराब मौसमको कारण गृह जिल्ला जान सकिएन । बुवाको र मेरो मन मौसमले मानेन । बुबाको अन्तिम संस्कार पशुपति बिद्युतीय शवदाह गृहमा ठिक २ः०० बजे हुने जानकारी गराउँदछौ । मन्त्री किराँतीका बुवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका उच्च पदस्थहरुले अन्तिम श्रद्धाञ्जली दिनुभएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस