२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिशूलीमा खसेर ८ जनाको मृत्यु भएको बस पोखरा जाँदै गरेको खुल्यो, मृतकको सनाखत हुँदै

काठमाडौं । यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ । गजुरी–२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिनुभयो ।

बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । बस काठमाडौंबाट पोखरा जाँदै गरेको खुल्न आएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिनुभयो । ‘घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको डेथ भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,’ डिएसपी जयसवालले भन्नुभयो । मृतकको सनाखत गरेर परिवारसँग सम्पर्क गर्ने कार्य भइरहेको छ ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद् ब्यवस्थापन सुरक्षा वेश आदमघाटबाट डीएसपीको कमाण्डमा १६ जना र विपद् ब्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट अर्का डीएसपीको कमाण्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको टोली र नजिकका नेपाली सेनाहरु उद्धारमा खटिएको छन् ।

 

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस