२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

देउवा र खाँडका श्रीमती तानिने भएपछि शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका एसएसपी हटाइयो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुखको जिम्मेवारी खोसिएको छ । गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी र काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो ।

केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ भने काठमाडौं प्रहरी परिसर, टेकुमा एसएसपी भुपेन्द्र खत्रीलाई पठाइएको छ । शरणार्थी प्रकरणका दोस्रो चरणको अनुसन्धान अघि बढाउन निर्देशन दिने उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एआईजी श्याम ज्ञवालीलाई पनि यसअघि मन्त्रिपरिषद्ले हटाएको छ ।

उहाँको ठाउँमा एआईजी दिपक थापा पठाइएको छ । शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी वरिष्ठ अधिकृतहरुलाई हटाउन सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाब रहेको बुझिएको छ । यसअघि नै दोषी देखेर पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँडकी श्रीमती मञ्ज खाँड र पूर्व प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवापनि यो प्रकरणमा अनुशन्धानमा तानिने देखिएपछि कार्यरत अधिकृत हटाइएको स्रोतले बतायो । अब अनुशन्धान फेरि नयाँ शिराबाट सुरु गराइने तयारी गृहको रहेको बुझिएको छ ।

 

 

प्रकाशित मिति : २०८० भाद्र ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस