काठमाडौं । कोशी प्रदेशको प्रदेशसभामा विश्वासको मत विभाजनमा सभाध्यक्ष इस्राइल मन्सुरीलेपनि मत जाहेर गर्नुभएको छ । मुख्यमन्त्री उद्धव थापाले राखेको विश्वासको मतको पक्ष र विपक्षमा प्रदेशसभा सदस्यबीच मत विभाजन भएको अन्तिम समयमा सभाध्यक्ष मन्सुरीलेपनि मत दिएर बहुमत पुर्याउनुभएको हो ।
मन्सुरीले मत सच्याउने बेलामा सभाध्यक्ष मण्डलमा रहनुभएकी गीता तिमल्सिनालाई केही सेकेण्ड मात्र बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिनुभयो । यो पदको दुरुपयोग हो ।