२०८१ मङ्सिर ९ गते आइतवार | 2024 November 24th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘मेरो डान्स युनिभर्स’ प्रतियोगितामा थाइल्याण्डकी खुसी कार्कीले जितिन् १ करोड

काठमाडौं । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ मा थाइल्याण्डकी खुसी कार्की विजेता बनेकी छन् । शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा कार्की विजेता बनेकी हुन् ।

विजेता बनेसँगै कार्कीले नगद १ करोड पुरस्कार जितेकी छन् । प्रतियोगितामा बेल्जियमका देवी गर्बुजामगर नेतृत्वको टिम फस्ट रनरअप भएको छ । सो टिमले नगद ३० लाख रुपैयाँ जितेको छ । प्रतियोगितामा सिक्किमका मिङ्मा डी लेप्चा नेतृत्वको टिम सेकेन्ड रनर अप भएको छ । सो टिमले नगद २० लाख हात पारेको छ ।

गोरखाका स्वस्तिक परियार थर्ड रनरअप भएका छन् । उनले १५ लाख पाएका छन् । फोर्थ रनर अप महोत्तरीका नेशन सुस्लिङ मगर भएका छन् । मगरले १० लाख रुपैयाँको पुरस्कार जितेका छन् । प्रतियोगितामा चौथो र पाचौँ हुनेले पनि १० लाख पाउने घोषणा गरिएको छ ।

विजेताहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार वितरण गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे लगायत मन्त्री र राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो । संसारमा छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको हो ।

 

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस