२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतीय बागेश्वर बाबा भेट्न होटलमै पुगे गृह र परराष्ट्रमन्त्री, हिन्दु राष्ट्र बनाउन सकारात्मक

काठमाडौं । भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ सँग गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदले भेट गर्नुभएको छ । हिजो राति अबेर सानेपास्थित होटल भिवान्तामै पुगेर दुई मन्त्रीले बागेश्वर बाबासँग भेट गर्नुभएको हो ।

स्रोतका अनुसार होटलको एउटा कक्षमा शास्त्रीले मन्त्रीद्वयलाई गोप्यरूपमा भेट दिनुभएको थियो । गृहमन्त्रीलाई भेटका लागि राति ९ बजेको समय दिइएको थियो । मन्त्री श्रेष्ठले शास्त्रीलाई भेट्न केहीबेर प्रतिक्षासमेत गर्नुपरेको बुझिएको छ । उहाँ राति साढे १० बजेतिर बाहिरिनुभएको थियो ।

भेटमा शास्त्रीले गृहमन्त्रीलाई नेपाललाई पुनः हिन्दु राज्य बनाउन पहल गर्न सुझाव दिएको स्रोतको भनाइ छ । श्रेष्ठले आफू पनि हिन्दु नै भएको भन्दै आध्यात्मप्रति झुकाव रहेको बताउनुभएको स्रोतको दावी छ । भारतबाट सत्गुरू आउँदा भेट्ने गरेको तथा स्वामी आनन्द अरूणसँग पनि निकट रहेको उहाँले सुनाउनुभएको थियो । हिन्दु राज्यका विषयमा पनि आफू सकारात्मक नै रहेको उहाँको भनाइ थियो । शास्त्रीले आजै प्नधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीसँगको भेटपछि उहाँ आजै नवलपरासीस्थित शाश्वत धाममा हनुमान प्रवचन दिन त्यहाँ जाने तय भएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस