२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुन प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता

काठमाडौं । भन्सारको सामानमा राखेर भएको सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चिनियाँ नागरिकसँग नेपाली नागरिकता पनि भेटिएको स्पष्ट पारेको छ ।

‘उनीहरु नेपाली नागरिकता लिएर नेपालमा बसेको देखिन्छ । उनीहरुसँग चिनियाँ पासपोर्टमा पनि छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भन्नुभयो । ब्रेक शु भित्र राखेर ल्याइएको अवस्थामा करिब ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । यो प्रकरणमा सीआईबीले सुन तस्करी र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

सीआईबीका अनुसार टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई, गाउ हुई, झोङ सेक चिन र ताङ पिङ, लिन चुवान पक्राउ परेका छन् । चिनियाँ नागरिकका नाममा काभ्रे जिल्ला प्रशासनबाट नेपाली नागरिकता जारी भएको पाइएको अनुसन्धान अधिकारीले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस