२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्रपतिसमक्ष राजदूतद्वयद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त दुई राजदूतले राष्ट्रपति भवनमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभयो।

नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोबर्ट डोमिनिक रसेल फेन र समाजवादी गणतन्त्र भियतनामका नवनियुक्त गैरआवासीय राजदूत गुएन थान हाईले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको थियो ।

राष्‍ट्रपतिसमक्ष नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुहुँदै ।

समारोहमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो। नवनियुक्त राजदूतद्वयलाई काठमाडौंस्थित होटल रेडिसनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस