२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीपको बलात्कार अभियोगमा पीडितले दिएका कागजमा आमासँगको उमेर ९ बर्ष मात्र फरक देखिएपछि…

sandeep lamichhane

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरीको आमाको जन्ममिति सम्बन्धी कागजात मगाउने आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले आमाको नागरिकतासम्बनधी कागजात मगाउने आदेश दिनुभएको हो ।

प्रतिवादी सन्दीप लामिछानेका कानून व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार अदालतले पीडित किशोरीको आमाको जन्ममिति खुल्ने कागजात मगाउने आदेश दिएको बताउनुभयो । कतिपय कागजातमा पीडित भनिएकी किशोरीको उमेर र उहाहँकी आमाको उमेर अन्तर ९ वर्षको मात्रै देखिएको भन्दै सो विषय स्पष्ट हुन आमाको नागरिकता वा जन्ममिति खुल्ने कागजात मगाइएको हो । अब पीडित किशोरीको आमाको नागरिकतासम्बन्धी कागजात आएपछि मात्रै उक्त मुद्दामा सुनुवाइ हुनेछ । यो मुद्दा चाँडो गर्न सर्वोच्च अदालतले आदेश दिएपनि निक्कै लामो समय लम्बिने देखिन्छ ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस