२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शुक्रबार सार्वजनिक विदा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले भोलि भदौ १ गते सार्वजनिक विदा दिने भएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले भोलि (शुक्रबार) सार्वजनिक विदा दिएको हो । सुदूरपश्चिममा भदौ १ गते ओल्के पर्व मनाउने गरिन्छ ।

साउने झरी लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशीयालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ । ओल्के भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ । यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट नभई यस भोगका बासिन्दाको मौलिक पर्वका रुपमा रहिआएको छ ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस