२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्‍यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग नबनाएर सरकारले १ क्विन्टल सुन ६० किलोमा झारेको आरोप लगाउनुभएको छ । नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले गरेको कार्यक्रममा ओलीले उच्चस्तरीय निष्पक्ष आयोग बन्न नदिँदा पक्राउ परेको सुन घट्दै गइरहेको आरोप लगाउनुभएको हो ।

‘सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्ने आयोग बनाउन नदिएर सरकारले गरेको काम भनेको सय किलोबाट ६१ किलोमा झार्नु हो,’ ओलीले भन्नुभयो । निष्पक्ष आयोग नबनाएर सरकारले सुन तस्कर गरिरहेको ओलीको थप आरोप थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग सुन तस्करीको अनुसन्धानका लागि ६० दिन मागेको र आफूले ६० दिनसम्म सबै मिलाइसक्नुहुन्छ ? भन्ने प्रश्न गरेको ओलीले बताउनुभयो ।

प्रधानमन्त्रीले सुन तस्करी लुकाउनका लागि ६० दिनको समय माग गरेको आरोप ओलीको छ । ब्रेक शुमा तस्करी गरेर ल्याउँदा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ । यसलाई अध्यक्ष ओलीले सरकारले नै घटाएको आरोप लगाउनुभएको हो ।

 

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस