२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चिनियाँ व्यापारीले सामान रोकियो भनेपछि भन्सारसँग कुरा गरेको हुँ : महरा

दाङ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले विद्युतीय चुरोट (भेप) मा सुन तस्करी प्रकरणका आरोपित चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि भन्सारका अधिकारीहरुसँग कुरा गरेको स्वीकार गर्नुभएको छ । मंगलबार दाङको घोराहीमा पत्रकार सम्मेलन गरी उहाँले तर आफूलाई भन्सारमा रोकिएको सो सामान सुन भएको थाहा नभएको प्रष्टीकरण दिनुभएको छ ।

भेपमा लुकाएर सुन तस्करी प्रकरणमा आरोपित चिनियाँ व्यापारी लुई र डोओजिङ वाङसँग माओवादी नेता महरा र उहाँका छोरा राहुलसँग पटक–पटक संवाद भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रतिवेदन दिएको थियो ।

महराले वाङसँग १०–१२ वर्षदेखि चिनजान र आउजाउ रहेको भन्दै उनलाई फलफूल ब्यापारीका रुपमा चिनेको बताउनुभयो । ‘उनी फलफूल ब्यापारी हुन् । म सँग टेलिफोन वार्ता भएको पनि होइन, मसँग भेटेर, उनले हाम्रो फलफूल ‘। उनको एकजना साथीले त्यो सुन । सुनको कुरै गरेनन्, सुनको स पनि उच्चारण गरेनन् । इलेक्ट्रिक चुरोट भेपको सामान आछ भन्सारमा छुटाउन मद्दत गर्नुपर्‍यो’, भनेपनि सहयोग गर्न खोजेको हुँ महराले भन्नुभयो ।

 

 

प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस