२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको बोर्डले जनाएको छ ।

बोर्डले नतिजा सार्वजनिक गर्न दिउँसो बोर्ड बैठक बोलाएको छ । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख १० हजारको हाराहारीमा विद्यार्थी सहभागी भएका थिए ।

 

प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस