२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गठबन्धन छाड्ने उपेन्द्र यादवको चेतावनी

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले गौर हत्याकाण्डमा आफूलाई निशाना बनाए गठबन्धन छाड्ने चेतावनी दिनुभएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा जसपाले गौर हत्याकाण्डबारे छानबिन भए आफूहरु सरकार र गठबन्धन छाड्ने चेतावनी दिनुभएको हो ।

जसपाले गौर हत्याकाण्डमा आफूलाई निशाना बनाए गठबन्धन छोड्ने चेतावनी दिएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताउनुभयो । पाण्डेले भन्नुभयो, ‘गौर हत्याकाण्डका बारेमा उठ्यो । जसपाका साथीहरूले हामीलाई गठबन्धनमा यसरी नै टार्गेट गरिरहने हो भने गठबन्धनमा रहने, नरहने सोच्नुपर्छ भन्नेखालको शंकास्पद कुरा व्यक्त भएको छ । कानूनसम्मत ढंगले टुंग्याउने कुरा भएको छ ।’

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस