२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेस संसदीय दल बैठकमा सुनिल शर्माले भने, बोल्न नदिए विद्रोह गर्छु

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफूलाई प्रतिनिधि सभा बैठकमा बोल्न समय नदिइएको गुनासो गर्नुभएको छ । प्रमुख सचेतक रमेश लेखकले बोल्न समय नदिएको आरोप उहाँको छ।

नयाँ बानेश्वरमा आइतबार बसेको संसदीय दल बैठकमा आफूले संसदमा बोल्न समय नपाएपछि सञ्चार माध्यमहरूमा बोल्नुपरेको बताउनुभयो । ‘मलाई संसद बैठकमा बोल्न समय दिइएको छैन,’ उहाँले भन्नुभयो, ‘बोल्न दिइएन भने अब म विद्रोह गर्छु।’ उहाँले बोल्न समय माग गर्दै संसदमा सभामुखसँग आग्रह गर्ने पनि बताउनुभयो ।

‘सभामुखले बोल्न समय दिनुभएन भने म उभिइरहन्छु,’ उहाँले भन्नुभयो, ‘विद्रोह गर्न पाइँदैन भन्ने कुरा पनि आएको छ। तर मेरो मुख थुनियो भने मैले बोल्छु र मेरा कुरा राख्छु भनेको छु,’ उहाँले भन्नुभयो । आफूलाई प्रहरीले पक्राउ पुर्जीबिनै पक्राउ गरेको उहाँको आरोप छ। ‘मैले झगडा गरेपछि मात्रै पक्राउ पुर्जी दिइएको थियो,’ उहाँले भन्नुभयो ।

शैक्षिक प्रमाण पत्र कीर्ते आरोपमा उनलाई सिआइबीले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो। शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएपछि उहाँ थुनामुक्त हुनुभयो । उहाँले आफ्नो शैक्षिक प्रमाणपत्र कीर्ते नभएको दावी गर्नुभएको छ ।

 

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस