२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धमला पत्नी अभिनेत्री एलिजाले ओलीलाई भेटेपछि भनिन्, बुबा भटेपछि मेरो राजनीतिकमा मलजल पुग्नेछ

काठमाडौं । अभिनेत्री एलिजा गौतमले पुनः राजनीतिमा फर्किने संकेत दिनु भएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा प्रवेश गरेको केही समयपछि नै सक्रिय राजनीति छोडेको घोषणा गर्नुभएकी गौतमले आइतबार नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको हो । त्यसपछि उहाँले अब नेकपा एमालेबाट आफ्नो राजनीतिक यात्रा पुनः सुरु गर्ने अडकल गर्न थालिएको हो ।

अध्यक्ष ओलीसँग बालकोटमा भेटपछि उहाँले सामाजिक सञ्जालमा केही तस्वीर राख्दै लेख्नु भएको छ, ‘नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुबासँग बालकोटमा विशेष भेटवार्ता । भेटमा बुबाले दर्शाउनु भएको सद्भाव, माया, आशीर्वाद, प्रेरणा, उर्जा र मार्गनिर्देशनप्रति अनुगृहीत छु। बुबाको राजनीतिक अनुभव, चेतना र आत्मविश्वास मेरा लागि अनुकरणीय छ ।’

गौतमले थप्दै लेख्नु भएको छ, ‘बुबासँगको भेटबाट कलाकारितासँगै राजनीति र समाजसेवा गर्ने मेरो चाहना र हुटहुटीमा मलजल पुग्नुका साथै फलदायी बन्नेछ ।’ यसअघि अभिनेत्री रीमा विश्वकर्माले पनि अध्यक्ष ओलीसँग बालकोट पुगेर भेट गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस