२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज आइतबार यी स्थानमा भयो ‘धेरै भारी’ वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । बागमती जलाधार क्षेत्र अन्तर्गत सिन्धुलीको मरिन खोला कुसुमटार र नारायणी जलाधार क्षेत्र अन्तर्गत लमजुङको खुदीबजारमा ‘धेरै भारी’ वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सिन्धुलीमा २४ घण्टाको अवधिमा १६४ मिलिमिटर र लमजुङमा १२९ मिलिमिटर वर्षा मापन भएको छ । १०० मिलिमिटर वा त्योभन्दा धेरै र २०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई ‘धेरै भारी वर्षा’ भन्ने गरिन्छ ।

सिन्धुली र लमजुङमा धेरै भारी वर्षा भएकाले बाढी र पहिरोको जोखिम छ । त्यसैले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । यसैबीच मर्स्याङ्दी नदीको बिमलनगर बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह (१० मिटर) आसपास पुगेको छ । बाढी बढ्दो क्रममा रहेकाले मर्स्याङ्दी नदीको तटीय क्षेत्रमा आज दिउँसो १ बजेसम्म सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज सातै प्रदेशका नदी र खोलाहरुमा बाढीको जोखिम छ । बागमती, गण्डकी, कर्णाली नदीको बहाव उल्लेख्य बढ्ने र उच्च जोखिम रहने पूर्वानुमान छ । भोलि सोमबारको दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नदी तथा खोालाहरुमा बाढीको उच्च जोखिम रहने पूर्वानुमान छ ।

 

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस