२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

छानबिन समिति बनाउन तयार नभए प्रचण्डमाथिको समर्थन फिर्ता लिने कांग्रेस बैठकको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको बैठकमा सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने प्रस्ताव भएको छ । सरकारले सुन प्रकरणको छानिबनमा आलटाल गरेको भन्दै जारी संसदीय दलको बैठकमा सांसद प्रदीप पौडेलले पार्टीले उच्चस्तरीय छानबिन समितिको कुरा उठाउनुपर्ने बताउनुभयो ।

छानबिन समितिको लागि तयार नभए प्रचण्डमाथिको समर्थन फिर्ता लिनुपर्ने उहाँको सुझाव छ । पौडेलले भन्नुभयो, ‘प्रधानमन्त्री र गृहमन्त्री छानबिनका समिति गठन गर्न तयार हुनुहुन्न । यो देख्दा उच्च तहसम्म संलग्नता भएको देखिन्छ । अब छानबिन समितिको प्रस्ताव कांग्रेसले नै गर्नुपर्छ । यदी उहाँहरू तयार भएर प्रचण्ड नेतृत्वको सरकारमाथि दिएको समर्थन फिर्ता लिनुपर्छ । पछिल्लो समय प्रधानमन्त्री र गृहमन्त्रीको कदमप्रति कांग्रेस नेताहरू सन्तुष्ट हुन सकेको देखिन्न । पौडेलले कांग्रेसका नेतालाई पक्राउ गरेर प्रधानमन्त्री र गृहमन्त्रीले प्रतिशोध साँधेको भन्दै आलोचना गर्नुभयो ।

 

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस