२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चार कक्षामा पढ्ने विद्यार्थीको झोलामा गाँजा भेटिएपछि ……

इलाका प्रहरी इटहरी ले गरेको अनुसन्धान बाट सामुदाइक बिध्यालयमा अध्यनरत छात्र / छात्रा लाइ प्रयोग गरि लागुऔसध ओसार पसार भैरहेको भन्ने देखिए पछि इटहरी उप-महानगरपालिका वडा नम्बर ७ ले खोजबिन गर्दा अदिप बज्राचार्य ( नाम परिवर्तन ) कक्षा ४ मा पढ्ने बिद्यार्थी को झोला बाट गाँजा बरामद गरिएको र ३ दिन सम्म गरिएको स्विप अप्रेसन बाट बिध्यालयका बिभिन्न ठाउमा लुकाई राखिएको गाँजा बरामद गरिएको थियो। प्रहरी प्रसासनको रोहबर मा गरिएको अप्रेसन पश्चात निज बज्राचार्य लाई धरान स्थित एक बिध्यालय ले पहिले नै यस्तै केस मा कारबाही स्वरुप रेस्टीकेट गरिएको खुल्न आएको थियो। अविभावक प्रहरी, वडा कार्यालय र बिध्यालयका शिक्षक, शिक्षिका को रोहबर मा उपत् बिद्यार्थी लाई यस इटहरी उप-महानगरपालिका वडा नम्बर ७ स्थित लक्ष्मी मा बि बाट समेत रिस्टिकेट गरिएको थियो।

यसै अवस्था लाई मद्यनजर गर्दै परिवर्तन एक अभियान इटहरी को आयोजना मा ७ न वडा कार्यालय तथा इलाका प्रहरी कार्यालय इटहरी को संयोजन मा १ दिने लागुऔसध दुर्व्यसनी तथा नियन्त्रण सम्बन्धि जनचेतनामुलक कार्यकम आयोजना गरिएको हो। परिवर्तन … एक अभियान इटहरी – ७ द्वारा आयोजित लागु औसध दुर्व्यसनी तथा नियन्त्रण सम्बन्धि कार्यक्रम भब्य र सब्य रुपमा सम्पन्न भएको छ। यस कार्यक्रम मा १९८ जनाको सहभागिता रहेको थियो।

प्रमुख अतिथि : इटहरी ७ का वडा अध्यक्ष – देब नारायण चौधरी
बिसिस्ट अतिथिहरु :
इलाका प्रहरी इटहरी का प्रहरी निरिक्षक : भिम ब खड्का
नेपाल टेलिभिजन क्षेत्रिय कार्यालय इटहरी का निर्देशक : राजेन्द्र प्रसाद तिम्सिना
सेक्रेट हार्ड इङ्ग्लिस स्कुल का प्र अ : डिक ब तामाङ्ग
लक्ष्मी मा बि का साहयक प्र अ : पुस्पा काफ्ले
एस ओ एस बालग्राम इटहरी का निर्देशक : देब चरण चौधरी
इटहरी ७ का वडा सदस्य ज्यु हरु
क्रमस : नेत्र गुरागाईं, दिपक घिमिरे, राधा आचार्य,
परिवर्तन एक अभियान का बिधान लेखन तथा अनुसासन कमिटि संयोजक
: गोबिन्द खवास, सल्लाहकार समितिका संयोजक : बसन्तराज पोख्रेल लगायत १९८ जनाको सहभागिता रहेको थियो।
कार्यक्रम संचालक संस्थाका सचिब : प्रकास पराजुली ले गरेका थिए।

कार्यकम मा इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक भिम ब खड्का ले लगुऔसध को कुलत बाट कसरि बच्ने, समाजलाई कसरि बचाउने र यदि फसिहाले के कस्तो कारबाही हुन्छ भन्ने बारे जानकारी दिएका थिए। प्रमुक अतिथि वडा अध्यक्ष ले कार्यकम मा बोल्दै आयोजक लाई धन्यवाद दिंदै कार्यक्रम को प्रसंसा गरेका थिए।

परिवर्तन एक अभियान इटहरी – ७ को आयोजनामा लागुऔषध दुव्यसनी तथा नियन्त्रण सम्बन्धि इटहरी ७ स्थित सेक्रेडहार्ड ईङ्गलिस बोर्डिङ स्कुलका विद्यार्थी , स्थानीय लगाएत व्यक्तिलाई जनचेतनामूलक कार्यक्रम भएको हो ।पछिल्लो समय लागुऔषध दुर्व्यसनमा फसदै गएका व्यक्ति तथा विद्यार्थीहरूलाई जनचेतनामूलक कार्यक्रम गरेको परिवर्तन एक अभियान इटहरीका अध्यक्ष तेज प्रसाद घिमिरे बताए ।

ईलाका प्रहरी कार्यालय इटहरी , इटहरी वडा ७ नं वाडा कार्यालय , सेक्रेटहार्ट इंङ्गलिश स्कुल इटहरी , लक्ष्मी माद्यामिक बिद्यालय ईटहरी, एस ओ एस बालग्राम इटहरी , एनटिभी इटहरीले सह-आयोजक गरेको हो ।कार्यक्रमको प्रमुख अथिति इटहरी वडा नम्बर ७ का वडा अध्यक्ष देवनारायण चौधरी , विशिष्ट अथिति एन.टि .भी इटहरीका प्रमुख राजेन्द्रराज तिमल्सिना , इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरीक्षक भिम बहादुर खड्का , सेक्रेटहार्ट इंङ्गलिश स्कुलका प्रधानध्यापक डिक बहादुर तामाङ , जनप्रतिनिधि ,विद्यालयका विद्यार्थी , शिक्षक लगाएको उपस्थिति रहेको थियो ।

स्वागत मनतव्य इटहरि वडा नम्बर सातका युवा जनप्रतिनिधि दिपक घिमिरेले गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस