२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भोलि झनै भारी बर्षा, सोमबारसम्मै वर्षा हुने पूर्वानुमान

weather forecast nepal today

काठमाडौं । न्यूनचापीय रेखा नेपाल नजिकै सरेकाले देशभर पानी परिरहेको छ । आज दिउँसोदेखि अझै धेरै पानी पर्ने पूर्वानुमान छ । पानी पर्ने क्रम सोमबारसम्मै जारी रहने मौसमविदले बताएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको र भारत उत्तरप्रदेशको बिहार आसपासमा न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले अघिल्ला दिनको तुलनामा बढी पानी पर्ने प्रक्षेपण छ । पानी पार्ने न्यूनचापीय रेखा नेपालको अझै नजिक सर्ने सम्भावना छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नै विशेष बुलेटिन जारी गर्दै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेले आज दिउँसोदेखि पानी पर्ने क्रम झनै बढेको र यो क्रम सोमबारसम्म कायम रहने बताउनुभयो । आगामी सोमबारसम्मै देशभर पूर्ण बदली हुने र पानी पर्ने पूर्वानुमान गरिएको उहाँको भनाइ छ ।

गएरातिदेखि देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती प्रदेशको नुवाकोटस्थित ककनी जलमापन केन्द्रमा भने ६ घण्टाको अवधिमा भारी वर्षा रेकर्ड भएको छ । अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको छ । गत २४ घण्टाको अवधिमा भने कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा पनि भारी वर्षा मापन भएको छ ।

 

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस