२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ललिता निवास प्रकरणमा माधव नेपालको संलग्नता देखियो भने उहाँले हत्कडी लगाउन तयार छु भन्नुपर्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी वैचारिक र संगठानिक रुपमा रुपान्तरण हुन लागेको स्पष्ट पार्नुभएको छ । उहाँले आफूहरु नीति निर्माणको तहमा पुगेको बताउनुभयो ।

आफूहरुले गरेको विद्रोहलाई पुष्टि गर्न र संस्थागत गर्न यही वर्षको अन्तिमतिर महाधिवेशन गर्ने तयारी भएको पनि उहाँको भनाई छ । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले अहिले पार्टीमा नेतृत्वको कुरा मुख्य विषय नभएको बताउनुभयो ।

पार्टी स्थापनाको दुई वर्ष पूरा हुँदै गर्दा आफूहरुबाट थुप्रै कमिकमजोरी भएको उहाँको स्विकारोक्ति छ । उहाँले गलत काम गरेको भए जतिसुकै ठूलो पदको व्यक्ति भएपनि छानबिनको दायरामा आउनुपर्ने बताउनुभयो । नेता खनालले ललिता निवास प्रकरणमा पार्टीका अध्यक्ष माधवकुमार नेपालको संलग्नता देखिए पार्टीले नबचाउने स्पष्ट पार्नुभयो । उहाँले आफूले गलत गरेको भए हत्कडी लगाउन तयार रहेको भन्दै पार्टी अध्यक्ष माधव नेपालले पनि गलत गरेको भए हत्कडी लगाउन तयार छु भनेर भन्नुपर्ने बताउनुभयो ।

 

 

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस