२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

देशकै कान्छा गाउँपालिका अध्यक्षको यो विश्वकै लागि उदाहरणीय काम

काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी देशकै कान्छा गाउँपालिका अध्यक्ष हुनुहुन्छ । जम्मा २६ वर्षका चौधरी गत स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट पालिका अध्यक्षमा एक्लो निर्वाचित हुनुभयो । उमेरमा कच्चा भए पनि उहाँले देशमै नयाँ अभ्यास गर्नुभएको छ, पार्टी–पालिका । गाउँपालिकामा निर्वाचित सबै पार्टीका जनप्रतिनिधि रहेको पार्टी–पालिका गठन गरेपछि पालिकाका सबै निर्णय सर्वसम्मत हुन थालेका छन् । ‘फरक फरक पार्टीबाट निर्वाचित भए पनि पालिकाको काममा सबैको पर्याप्त सहयोग र समर्थन पाएको छु । पार्टी पालिका गठन गरेपछि कसैले अविश्वास र असहयोग गरेको छैन । सबैको प्राथमिकता पालिका नै भएको हो,’उहाँले सुनाउनुभयो ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी, उपाध्यक्षमा माओवादी केन्द्र, वडा नम्वर १ मा माओवादी केन्द्र, वडा नम्वर २ मा जनमत पार्टी, वडा नम्बर ३ मा जसपा, वडा नम्बर ४ मा एकीकृत समाजवादी, वडा नम्बर ५ मा एमाले, वडा नम्वर ६ मा माओवादी केन्द्र र वडा नम्वर ७ मा एमालेका अध्यक्ष निर्वाचित हुनुभएको छ ।

अध्यक्ष चौधरीले गाउँपालिकाको सेवा प्रवाह प्रभावकारी बनाउनका लागि वडाको सेवा टोलटोलमा लैजान थालिएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछाडि पारिएको समुदायका व्यक्तिहरु वडा तथा पालिकाको कार्यालयमा आएर सेवा लिने क्रममा बोल्न वा काम गर्न हिचकिचाउँछन् । त्यसैले टोलटोलमा सेवा दिँदा उनीहरुमा आत्मविश्वास बढेको छ ।’ नागरिकले आफ्नै टोलटोलमा नागरिकताका लागि आवश्यक सहयोगदेखि भत्ता कार्डको नवीकरण, जन्मदर्ता, विवाहदर्ता लगायतका दर्जनौं सेवा पाउँदै आएका छन् ।

 

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस