२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लगातार ४ दिनदेखि घटेको सुनको मूल्य आज झनै ह्वात्तै घट्यो

today gold price in nepal

काठमाडौं। लगातार ४ दिनदेखि घटेको सुनको मूल्य आज झनै ह्वात्तै घटेको छ । बिहिबार सुनचाँदीको मूल्य झनै घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा नै ७०० ले घटेको हो । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य १ लाख ११ हजार ३०० रुपैयाँमा झरेको छ । हिजो बुधबार तोलामा छापावाल सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ थियो ।

यसैगरी आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ रहेको छ । हिजो १ लाख ११ हजार ४५० रुपैयाँमा बारोबार भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले घट्दै १३ सय ८० रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस