काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले गिरफ्तार गरिरहँदा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफूलाई उत्तर कोरियाली सरकारले गिरफ्तार गरेको बताउनुभएको छ । सीआईबीले शर्मालाई उहाँकै निवासबाट गिरफ्तार गरेको हो ।
‘भिडियो खिचिरहेकातर्फ हात हल्लाउँदै शर्माले भन्नुभयो, आई एम ह्याप्पी, डन्ट वरी । शैक्षिक प्रमाणपत्रसम्बन्धी कैफियत गरेकाले शर्मालाई नियन्त्रणमा लिइएको सीआईबीले खुलाएको छ ।