२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मिटरब्याजी आरोपमा सुजाता पक्राउ

जनकपुरधाम । सिरहामा मिटरब्याजी आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–६ की ३५ वर्षीया सुजाता साह छन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिनुभयो ।

ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको हो । साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जन बढी उजुरी छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस