२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रोनाल्डोको निर्णायक गोलमा अल–नासर अरब क्लब कपको फाइनलमा

काठमाडौं । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलको मद्दतले अल–सोर्टालाई हराउँदै अल–नासर अरब क्लब कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । क्रिस्टियानो रोनाल्डोले खेलको ७५ औँ मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि अल–नासर १–० गोलले विजयी बनेको हो । साडियो मानेलाई पेनाल्टी बक्समा लडाएपछि अल–नासरले खेलमा पेनाल्टी पाएको थियो ।

रोनाल्डोले यो सिजन उत्कृष्ट सुरुवात गरेका छन् । उनले क्लबका लागि पछिल्ला चार खेलमा चार गोल गरेका छन् । अब रोनाल्डोको टोली अल–नासरले अल–हिलाल र अल–सबाबबीचको विजेतासँग शनिबार हुने फाइनल खेलमा सामना गर्नेछ ।

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस