२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आर्थिक अवस्था दयानीय रहेको भन्दै सिम्रिक एयरको उडानमा बन्देज, चार वटै हेलिकप्टर ग्राउण्डेड

काठमाडौं । सिम्रिक एयरको उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ । प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट कमजोर वित्तीय अवस्था देखिएको र प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ पटक–पटक ताकेता गर्दा पनि नतिरेपछि सेवामा रोक लगाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।

कमजोर वित्तीय अवस्थाका कारण कर्मचारीले पारिश्रमिक नै नपाउने अवस्था हुनु उडान सुरक्षाका दृष्टिकोणले गम्भीर मानिन्छ,’ उहाँले भन्नुभयो, ‘सोहीकारण प्राधिकरणले सिम्रिकका चार वटै हेलिकप्टर उडानमा रोक लगाएको छ ।’ सिम्रिकसँग अहिले २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर रहेका छन् । अब कम्पनीले प्राधिकरणलाई तिर्न बाँकी ४६ लाख रुपैयाँ बक्यौता चुक्ता गरी आफ्नो वित्तीय अवस्थाबारे आस्वस्त पार्न सके मात्र उडानबारे पुनःर्विचार हुन सक्ने प्राधिकणको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र २७ लाख ९३ हजार रुपैयाँ वक्यौता रहेको पाइएको छ । लुक्लामा १५ लाख ७२ हजार ९६५ रुपैयाँ बक्यौता रहेको देखिएको छ । ताप्लेजुङ विमानस्थलमा ४ लाख ३७ हजार र सिमिकोट विमानस्थलमा १ लाख ५८ हजार वक्यौता रहेको देखिएको छ ।

 

 

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस