२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राइडरमाथि ठगी गर्ने २ मेनपावर कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम करारबमोजिम काम नदिई अलपत्र परेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै दुई वटा मेनपावर व्यवसायीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा बाइक राइडर पठाएर श्रमिकसँग करोडौं रकम उठाई रोजगार सम्झौताअनुसार काम दिन नसकेको ठहर गर्दै वैदेशिक रोजगार विभागले बुधबार डिलक्स एचआर सोलुसन म्यानपावरको इजाजतपत्र खारेज गरेको हो । शून्य लागतमा पठाउनुपर्ने श्रमिकलाई म्यानपावरले रकम लिई दुबई ट्याक्सी कर्पोरेसन (डीटीसी) मा पठाएको थियो । ६ महिनादेखि कामविहीन भएर स्वदेश फर्केका ३० जना बाइक राइडरले क्षतिपूर्ति माग गर्दै विभागमा म्यानपावरविरुद्ध उजुरी दिएका थिए ।

पिडीतले दिएको उजुरीको आधारमा गरिएको अनुसन्धानबाट दुवै कम्पनीले पीडितलाई क्षतिपूर्ति नदिएको र क्षतिपूर्ति दिन आनाकानी गर्दै आएपछि डिलक्स एचआर सोलुसन र डि–स्क्वार्ड ग्रुप मेनपावर कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरिएको विभागका प्रवक्ता तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिनुभयो ।

विभागले एक सूचना प्रकाशित गरी डिलक्स एचआर सोलुसन र डि–स्क्वार्ड ग्रुप म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५१ बमोजिम पीडितको क्षतिपूर्तिबापतको रकम इजाजतपत्र प्राप्त संस्थाको धरौटीबाट फिर्ता गराई वा क्षतिपूर्ति भराई एक लाख जरिवाना गर्ने र इजाजतपत्र रद्द गर्ने निर्णय गरेको जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस