२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गौर हत्याकाण्ड छानबिन भनेपछि आत्तिएका उपेन्द्रलाई प्रधानमन्त्रीले तपाइलाई केही हुन्न भनेको खुल्यो

काठमाडौं । गौर हत्याकाण्डका पीडितद्वारा गठित संघर्ष समिति र गृह मन्त्रालयबीच ५ बुँदे सहमति भएपछि सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) त्रसित बनेको छ । यो घटनाका मुख्य योजनाकारका रुपमा जसपाका अध्यक्ष उपेन्द्र यादव नै मुछिएको दावी गरिएको छ ।

सरकारले गठन गरेको न्यायिक जाँचबुझ आयोगले यादवसहित १३० जना घटनामा संलग्न रहेको निष्कर्ष निकालेको थियो । १७ वर्षअघिको जघन्य अपराधमाथि अहिले आएर सरकार छानबिनका लागि अग्रसर भएपछि यादव तर्सिनुभएको छ । तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताले तत्कालीन माओवादीको भातृ संगठन वाईसीएलका कार्यकर्तामाथि आक्रमण गरेका थिए । २०६३ चैत ७ गते भएको घटनामा २७ जना वाईसीएल कार्यकर्ताको नृशंस हत्या भएको थियो ।

गौर हत्याकाण्डको छानबिन गर्न सरकार तयार भएपछि जसपा चिन्तामा परेको छ । पार्टीका प्रवक्ता मनिष सुमन पार्टीभित्र यो विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको बताउँनुहुन्छ ।

सहमतिपछि यादब बारम्बार प्रधानमन्त्री भेट्न गइरहनुभएको छ । सरकारले मंगलबार पीडित पक्षसँग सहमति गरेपछि आशंकित यादव बुधबार पार्टीका नेताहरुसँग छलफल गरेर बालुवाटार पुग्नुभएको थियो । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँगको भेटमा उहाँले गठबन्धन र सरकार छाड्नेसम्मको चेतावनी दिएको स्रोतको दाबी छ ।

यादवले प्रधानमन्त्रीसँग मात्रै नभएर कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि बुधबार नै छलफल गर्नुभएको छ । भेटमा प्रधानमन्त्रीले उपेन्द्रलाई ढुक्क हुन आश्वासन दिएको बुझ्न आएको छ । छानबिन गरेजस्तो गर्ने हो, यो विषयलाई म सरकारमा भएकै बेला टुंग्याउँछु नआत्तिनुहोस् भनेपछि यादव केही आश्वस्त भएको स्रोतको दावी छ ।

 

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस