२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा भीषण आगलागी

काठमाडौं । काठमाडौंको भोटाहिटीस्थित एक घरमा आगलागी भएको छ । बिहीबार राति सुरु भएको आगलागी निभाउन काठमाडौं महानगरपालिका, ललितपुर महागरपालिकालगायतका दमकल पुगेका छन् ।

भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्यूरोको पछाडिपट्टी राकेश श्रेष्ठको घरको तेस्रो तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले बताउनुभयो । उहाँका अनुसार कपडा र भाँडाकुँडा राखिएको ठाउँमा आगलागी भएको हो । दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस