२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इक्वेडरमा राष्ट्रपति निर्वाचनका उम्मेदवारको गोली हानेर हत्या

काठमाडौं । इक्वेडरको राष्ट्रपति निर्वाचनका एक उम्मेदवारको गोली हानेर हत्या भएको छ । इक्वेडरका सांसद समेत रहेका फर्नान्डो भिल्लाभिसेन्सिओको उत्तरी सहर क्विटोमा गोली हानेर हत्या भएको हो । बुधबार आफ्नो कारमा चढ्दै गर्दा एक व्यक्तिले टाउकोमा गोली हानेर हत्या गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

उनी निर्वाचन अभियानको कार्यक्रममा थिए । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि तीन गोली लागेको छ । इक्वेडरमा अगस्ट २० मा राष्ट्रपति पदका लागि पहिलो चरणको निर्वाचन हुँदैछ । सो निर्वाचनमा ५९ वर्षीय फर्नान्डो पनि उम्मेदवार थिए ।

इक्वेडरका वर्तमान राष्ट्रपति गुइलेर्मो लासोले फर्नान्डोको मृत्यु भएको पुष्टि गर्दै यस घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । उनले हत्यामा संलग्नलाई दण्ड दिनेसमेत बताएका छन् । लासो भने यसपटकको राष्ट्रपति निर्वाचनको उम्मेदवार छैनन् ।

 

 

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस