२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कपनमा पनि चल्यो महानगरको डोजर, गगन थापाको क्षेत्रका स्थानीय र नगरप्रहरुबीच झडप

काठमाडौं । काठमाडौं महानगरपालिकाले कपन क्षेत्रको खोलामाथि रहेको स्ल्याब हटाउन डोजर चलाएको छ । हरेक वर्षको बाढीबाट डुब्ने कपन क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिका क्षेत्रमा महानगरले डोजर चलाएको हो ।

बुढानिलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सीमाना पर्ने कपन खोलामाथि राखिएका स्ल्याबहरु हटाउन डोजरसहित महानगरको नगरप्रहरीको टोली पुगेपछि स्थानिय वासिन्दा आन्दोलनमा उत्रिएका छन् ।

स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । स्थानीयहरुबीच झडप भएपछि महानगरको वडा नम्बर ७ का वडाध्यक्ष र बुढानिलकण्ठ नगरपालिकाका मेयर बीच वार्ता भइरहेको नगरप्रहरी निरीक्षक शिव ढकालले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस