२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सीआईबीले खुलायो कांग्रेस सांसद सुनिल शर्मा पक्राउको कारण

काठमाडौं । प्रहरीले सांसद सुनिल शर्माको आईएस्सी उतीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आशंकामा पक्राउ गरेको जनाएको छ । मोरङ–३ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य बन्नुभएका शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार उहाँको काठमाडौंको गोल्फुटारस्थित घरबाट पक्राउ गरेको थियो ।

सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार नक्कली डाक्टर खोजी गर्ने प्रहरीको अपरेसन चार्ली फोक्टर अन्तर्गत सुनिल शर्मा पक्राउ पर्नुभएको हो । ‘पुरानो केसहरु हेरेर अनुसन्धान भइरहेको थियो, त्यसकै निरन्तरता हो, सुनिल शर्माको हकमा अहिले पुष्टि भएपछि छानबिनको दायरामा ल्याएका हौं’ उहाँले भन्नुभयो ।

सीआईबीले शर्मा पक्राउ परेकोबारे संघीय संसद सचिवालयलाई लेखेको पत्रमा उहाँको आईएस्सीको प्रमाणपत्रलाई राष्ट्रिय परीक्षा बोर्डले पुष्टि नभएको उल्लेख गरेको बताएको छ ।

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस