२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पुलमुनि एक पुरुषको टाउको भेटियो

जनकपुरधाम । सर्लाहीको हरिवन नगपालिका वडा नं. ४, स्थित लखन्देखी पुलमुनि शरिरबाट छुट्टिएको अवस्थामा एक पुरुषको टाउको फेला परेको छ ।

सर्लाहीको पूर्व(पश्चिम राजमार्ग अन्तर्गत पुल मुनि बिहीबार बिहान करिब साढे ७ बजे स्थानीयले घाँटीबाट छिनाएको टाउको देखेपछि प्रहरीमा खबर गरेका थिए । पुरुषको अहिले सनाखत हुन नसकेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पन्जियार थारुले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनास्थलको अवस्था हेर्दा युवकको हत्या भएको जस्तो देखिन्छ । पुरुषको सोही स्थानमा हत्या भएको अथवा अन्य ठाउँमा हत्या भएको र बाढीले टाउको बगेर आएको खुल्न सकेको छैन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता थारुले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस