२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंको सामाखुसी क्षेत्र डुब्यो, पम्पले पानी फ्यालिदै

काठमाडौं । काठमाडौं उपत्यकामा भएको भारी वर्षाले सामाखुसी क्षेत्र डुबानमा परेको छ । निजी घर, विद्यालय लगायतका संरचना जलमग्न भएका छन् । एसईबी स्कुलमा पम्प सेटको सहायताले पानी तानेर फाल्ने क्रम जारी छ । डुबानमा परेका अन्यले पनि मोटरको सहायताले पानी तानेर फाल्ने र सामान सुरक्षित स्थानमा सार्ने गरिरहेका छन् ।

काठमाडौं उपत्यकाका रातभर भारी वर्षा भएको छ । वर्षाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट ती क्षेत्र आसपास भारी वर्षा मापन भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा बाढी आएको छ । त्यसैले नदी तटीय क्षेत्रहरूमा रहनेहरूलाई आज बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस