२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अरुण पूर्वका ९ जिल्लामा बन्द आह्वान, धरान बढी प्रभावित

विराटनगर । विभिन्न पार्टी र समूहले गरेको बन्दका कारण अरुण पूर्वका नौ जिल्लाको सार्वजनिक यातायात प्रभावित बनेको छ । बन्दका कारण लामो तथा छोटो दुरीका सवारीका साधन कम मात्रमा चलेका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लिम्बुवान पार्टी नेपाल सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टी लिम्बुवान राष्ट्रिय समिति (लो.स.पा) ,किराँत खम्बुवान राज्य परिषद् किराँत लिम्बुवान राज्य परिषद् लिम्बुवान राष्ट्रिय मोर्चा लगायतका पार्टी र समूहले बन्दको आह्वान गरेका हुन । वि.स. १८३१ साल श्रावण २२ गते लालमोहर सन्धि गरी लिम्बुवानलाई वृहत् नेपालमा गाभिएको भन्दै विरोधमा बन्द आयोजना भएको हो ।

अरुण पूर्वका नौ जिल्ला लिम्बुवान हुनुपर्ने ती पार्टी र समूहको माग छ । वि.सं. १८१४ साल श्रावण १८ गते लिम्बुवान र गोर्खा बिच भएको ताम्र पत्र सन्धि भएको थियो । सन्धि धोकापूर्ण भएको ठहर गर्दै लिम्बुवान राज्य खोसिएको उक्त दिनलाई कालो दिनको रूपमा मनाउने गरेका छन् । धरानमा बन्दकर्ताहरू सडकमा निस्किएका छन् ।

 

 

प्रकाशित मिति : २०८० साउन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस