२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतको भयानक कार दुर्घटनाले शोकमा डुब्यो नेपालगन्ज : ६ जनाको मृत्यु हुँदा भाग्यले बाँचिन् सीता

नेपालगन्ज । भारतमा सवारी दुर्घटनामा हुँदा बाँकेको नेपालगन्जस्थित त्रिभुवनचोकका दुई परिवारका ६ जनाको शनिबार मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा नेपालगन्जका ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी त्रिभुवनचोकका वैभव गुप्ता, उहाँकी पत्नी दीपिका गुप्ता, ५ वर्षकी छोरी वैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको मृत्यु भएको हो ।

यसैगरी त्रिभुवन चोककै निलान्स गुप्ता र उहाँकी बहिनी नीति गुप्ताको पनि श्रावस्तीकै एकाउन्न भन्ने स्थानमा शनिबार राति भएको सवारी दुर्घटनामा मृत्यु भएको हो । उहाँहरु त्रिभुवन चोकका एस कुमार वाचका सञ्चालक सन्तोषकुमार गुप्ताका छोराछोरी हुनुहुन्छ । कारमा सन्तोषकुमार गुप्ताको पत्नी सीता पनि जानुभएको थियो । उहाँ बलरामपुरमा आफ्नो माइत बसेका कारण मृत्यु जोगियो ।

दुर्घटनामा मृत्यु हुने ६ जना नै नातेदार हुनुहुन्छ । दुई परिवारका ६ जनाको मृत्यु भएपछि नेपालगन्ज बजार शोकमा डुबेको छ । वैभव गुप्ता भारत माइतीमा रहनुभएकी पत्नीलाई साथ लिएर फर्किने क्रममा गाडी दुर्घटनामा पर्नुभयो । छाडा पशुलाई बचाउने क्रममा कार अनियन्त्रित भएर रुखमा ठोकिएर दुर्घटना भएको आफन्तले बताउनुभएको छ ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस