२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रचण्डको प्रतिवेदनः माओवादी पार्टी विघटनको नजिक छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी व्यापक पुनर्निर्माणको सम्भावना र विघटनको खतराको दोसाँधमा रहेको स्वीकार गर्नुभएको छ । बुधबारदेखि सुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक तथा संगठनात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले यही विरोधाभासका कारण आफ्नो पार्टीको पहिचान गुम्ने खतरामा रहेको उल्लेख गर्नुभएको हो ।

ुवैचारिक राजनीतिक अभिव्यक्तिमा हामी कम्युनिस्ट पार्टी छौं तर संगठनात्मक आचरणमा हामीले अराजकतावादी व्यक्तिवाद अबलम्बन गरेका छौं, प्रचण्डको प्रतिवेदनमा उल्लेख छ, कुनै पनि व्यक्ति वा राजनीतिक दलको पहिचान अन्ततः त्यसको अभिव्यक्तिबाट होइन, अपितु उसको दैनिक व्यवहार र आचरणबाट निर्धारित भइरहेको हुन्छ। हाम्रो पार्टीभित्र रहेको यही नै प्रमुख विरोधाभास हो। यो विरोधाभासकै कारण हाम्रो पहिचान गुम्दै जाने खतरा र हामी जनताबाट अलग्गिँदै जाने खतरा पैदा भएको छ।

 

 

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस