२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘ब्लु बस’ माथि एमाले महासचिवको टिप्पणी– रविले भोटको सस्तो राजनीति गर्न खोजे

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले भोटको सस्तो राजनीति गरेको टिप्पणी गर्नुभएको छ । उपनिर्वाचन जितेको सय दिन पुगेको अवसरमा लामिछानेले चितवनमा महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सेवा सुरु गरेको विषयप्रति सामाजिक सञ्जालमार्फत पोखरेलले यस्तो टिप्पणी गर्नुभएको हो ।

‘नयाँ र वैकल्पिक शक्ति बनाउँछौँ भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनुपर्दछ । हरेक कामबाट भविष्यको सुन्दर दृश्य देखिनुपर्दछ। तर, स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौँ,’ फेसबुकमा महासचिव पोखरेलले लेख्नुभएको छ ।

विश्वका धेरै देशमा महिला बन्द समाजमा जकडिएको वेलामा समेत नेपाली समाजमा अधिकांश महिला सुरुदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र रहेको दाबी गर्दै पोखरेलले नेपाली समाजमा रूपान्तरणकारी सोच र कार्यक्रम आवश्यकता भएको उल्लेख गर्नुभयो ।

 

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस