२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पवित्र धाम हलेसीमा नगरको रकम आतंक : दर्शन गर्ने भक्तजनलाई सफाइको ५१ सय, आरतीको १५ सय

काठमाडौं । पूर्वको पशुपतिनाथले चिनिले खोटाङको पवित्र हलेसी महादेवस्थानमा साउन महिनाको महिमा ठूलो छ । नेपालसहित विश्वभरीका भक्तजनहरु बोलबमका लागि हलेसी महादेवस्थान पुगिरहेका छन् । तर हलेसी महादेवस्थान रहेको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पवित्र धाम हलेसी जानै डराउनुपर्नेगरी पैसा असुलीको आतंक सृजना गरिरहेको छ । मन्दिर सफाइको नाममा एक जना भक्तजनसँग ५ हजार १ सयसम्म असुली गर्न थालेको देखिएको हो । न्यूनतम नै पाँच सय उठाइरहेको छ ।

जनबोलीलाई प्राप्त भएको रसिदमा काभ्रेपलाञ्चोकका केशब प्रसाद मैनालीबाट ५ हजार १ सय असुली गरिएको छ । रसिदमा हलेसी महादेव मन्दिर सरसफाई शुल्क भनिएको छ । उहाँ जस्तै हरेक व्यक्तिलाई यसरी सरसफाई शुल्क लिइएको देखिन्छ । एक महिनामा नै हलेसीमा हज्जारौ र केही समयमा नै लाखौं मानिसले हलेसी महादेवको दर्शन गर्दछन् ।

यसरी रकम संकलन गरिए ठूलो राशी संकलन हुनेछ । तर मन्दिरमा जाँदा जो कोहीले भनेजति रकम बोकेर नगएका हुन सक्छन् । पवित्र मनले धार्मिक स्थलमा जाँदा रकम असुल्नु न्यायीक विषय हुनै सक्दैन । सफाईको नाममा यसरी रकम संकलन गरिनु न्यायोचित छैन ।

यति मात्र हैन नगरपालिकाले शुल्क सूची नै बनाएर रकम लिइरहेको छ । रुद्री पाठ गराए २००, लाखबत्ती बाले ५००, व्रतबन्ध गरे ५००, विबाह गरे एक हजार रुपैयाँ नगरलाई तिर्नुपर्छ । यसैगरी लघु रुद्राभिषेक र साँझको आरतीलाई पन्ध्र सय रुपैयाँ शुल्क लिँइदै आएको देखिन्छ । यो रसिदमा सूची नै बनाएर लागू गरिएको छ ।

 

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस