२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्यानडाका प्रधानमन्त्री ट्रुडो र सोफीबीच सम्बन्धविच्छेद

बीबीसी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उहाँकी पत्नी सोफीबीच सम्बन्धविच्छेद भएको छ । प्रधानमन्त्री ट्रुडोले इन्स्टाग्राममा आफ्नी श्रीमतीसँग छुट्टिएको पुष्टि गर्नुभएको छ ।

वैवाहिक जीवनको १८ वर्षपछि जस्टिन ट्रुडो र उहाँकी श्रीमती सोफीबीच सम्बन्धविच्छेद भएको हो । धेरै छलफलपछि एकअर्काको साथ छाड्ने निर्णय गरेको ट्रुडोलाई उद्धृत गरी बीबीसीले जनाएको छ । आफ्नो पोस्टमा उहाँले सम्बन्धविच्छेद भए पनि सधैँ जस्तै परिवार नै रहने उल्लेख गर्नुभएको छ ।

एकअर्काको माया र सम्मानमा कमी नहुने समेत उहाँहरुको भनाइ छ । प्रधानमन्त्रीको पोस्ट श्रीमती सोफीले पनि आफ्नो अकाउन्टमा सेयर गर्नुभएको छ । प्रधानमन्त्री ट्रुडोले क्यानडाका नागरिकलाई यो समयमा आफ्ना बालबालिकाको भलाइका लागि गोपनीयतालाई सम्मान गर्न अपिल समेत गर्नुभएको छ । उहाँहरुका तीन सन्तान छन् ।

इन्स्टाग्राम पोस्टबाहेक प्रधानमन्त्रीको कार्यालयका प्रवक्ता एलिसन मर्फीले दम्पतीले अलग हुने निर्णयमा सबै कानुनी प्रक्रियाहरू पालना गरेको जानकारी दिनुभएको छ । जस्टिन र सोफीले २००५ मे २८ मा विवाह गरेका थिए ।

 

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस